पुल निर्माणको काम अलपत्र पारेपछि किसान श्रेष्ठले ठेकेदारलाई दिए धम्की

images
  • 426
    SHARES
  • जेठ ७, २०८२ मंगलबार
    पुल निर्माणको काम अलपत्र पारेपछि किसान श्रेष्ठले ठेकेदारलाई दिए धम्की
    images

    बारा, जेठ ६–

    समयमै पुल निर्माण नगरेपछि सांसद किसान श्रेष्ठले पुल निर्माण गरिरहेको ठेकेदारलाई खोलामा गाडीदिने धम्की दिएका छन् ।

    बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुलको निर्माण काम यही जेठ १५ गतेभित्रमा सम्पन्न नगरे ठेकेदारलाई खोलामा गाडिदिने नेकपा एकीकृत समाजवादीका सांसद श्रेष्ठले धम्की दिएका हुन् ।

     

    सांसद श्रेष्ठ मंगलबार पुलको निरीक्षण गर्न पुगेका थिए । पुल अलपत्र परेको देखेपछि उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् ।

    बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।

    २०७९ सालको निर्वाचमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवै तर्फ एप्रोच नबनाइकन ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend