राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित

images
  • 152
    SHARES
  • जेठ ८, २०८२ बुधबार
    राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
    images

    काठमाडौँ ।

    राष्ट्रियसभा बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गते सम्मका स्थगित गरिएको जानकारी दिए । 

    आजको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।  

    त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ टेबुल गरियो ।

    सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक टेवुल गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend