नवौं प्रधानमन्त्री कप:पुरुषतर्फ एपीएफ र गण्डकी विजयी

images
  • 288
    SHARES
  • जेठ ९, २०८२ बिहीबार
    नवौं प्रधानमन्त्री कप:पुरुषतर्फ एपीएफ र गण्डकी विजयी
    images

    काठमाण्डाै –

    आजदेखि शुरू भएको नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले विजयी शुरुआत गरेका छन् ।

    पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै गण्डकीले कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो ।

    यस्तै पुरुषतर्फ नै अहिले त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब खेलिरहेका छन् भने केहीबेरमा नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब खेल्दैछन् ।

    नेपाल भलिबल सङ्घको आयोजनामा एक हप्तासम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend