देवघाट तनहुँ:२०७९असार ३ गतेकरिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगमि आर्थिक वर्ष २०७९/०८० को योजनाहरू माथि ५ नम्बरको सबै टोल बिकास सँस्थाका अध्यक्ष लगाएत प्रतिनिधिहरूको उपस्थितिमा बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण वहादुर कुँवरले कार्यक्रममा बोल्दै यो वर्ष अन्य योजनाहरूलाई भन्दा खानेपानी,शिक्षा,स्वास्थ्य र सडक निर्माणमा पहिलो प्राथमिकता दिने बताउनुभयो।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ भित्रका सम्पूर्ण टोलबाट माग भएका योजनाहरूलाई प्राथमिकताका आधारमा छनौट गर्ने र वडाबाट प्राथमिकताका आधारमा छनौट भएका योजनाहरू पालिकामा पेश गर्ने भनी निर्णय समेत भएको छ ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य याम वहादुर मगर, कमला गुरूङ, बुद्धि वहादुर पाण्डे, सरस्वती परियार, वडा नम्बर ५ का निवर्तमान अध्यक्ष याल बहादुर गुरूङ, निवर्तमान वडा सदस्य टुकनाथ अधिकारी, वडा सचिव पवित्रा खनाल र सम्पूर्ण टोल बिकास सँस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियोे ।



