सुनको भाउ घट्यो

images
  • 174
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    कारोबार भएको हप्ताको पहिलो दिन जेठ ४ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार दुई सय रुपैयाँले बढेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend