आज रविका वकिलको जवाफी बहसपछि आदेश आउने सम्भावना

images
  • 110
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    आज रविका वकिलको जवाफी बहसपछि आदेश आउने सम्भावना
    images

    काठमाडौँ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको उपरजिष्ट्रार तथा अदालतका सूचना अधिकारी निल प्रसाद पनेरुले बताए ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता भएको सूचना अधिकारी पनेरुले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend