कोठाभित्र अचेत भेटिएका दुई किशोरीको ज्यान गयो

images
  • 344
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    कोठाभित्र अचेत भेटिएका दुई किशोरीको ज्यान गयो
    images

    दाङ –

    दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार गएराति अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएकाे थियाे । त्यहाँ उपचार हुन नसकेपछि दुवै जनालाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

    घोराहीमा दिपु परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दिपाको घोराहीमा पनि उपचार हुन नसकेपछि बिहान बाँकेको नेपालगञ्ज पुर्‍याइएको थियो । दिपाको पनि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend