ब्राउन सुगरसहित ५ जना पक्राउ

images
  • 433
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    ब्राउन सुगरसहित ५ जना पक्राउ
    images

    विराटनगर।

    झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका- १५ स्थितबाट मोरङको सुन्दर हरैँचा नगरपालिका- १० का समिन दर्जी र २२ वर्षीय निखिल रम्तेललाई बिहीबार पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट १ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलीले झापाको झापा गाउँपालिका- ४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend