कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादी

images
  • 457
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादी
    images

    कञ्चनपुर –

    कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ ।

    विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ ।

    एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छ वटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ ।

    कार्यालयले काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend