युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण

images
  • 314
    SHARES
  • जेठ ११, २०८२ शनिबार
    युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
    images

    काठमाडौं।

    रुसले युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत् ठूलो हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १४ जना घाइते भएको किभका अधिकारीहरूले जनाएका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसले किभतर्फ २५० वटा ड्रोन र १४ वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो, जसका कारण आवासीय भवनहरूमा आगलागी भएको छ ।

    यो आक्रमण युद्ध शुरू भएयता किभमाथिको सबैभन्दा ठूलो संयुक्त हवाई हमलामध्ये एक भएको बताइएको छ । वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालिएको दाबी गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend