नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा क्रांदिप सामुदायिक होमस्टेको अवलोकन:संस्थागत विकासमा टेवा पुग्ने विश्वास

images
  • 536
    SHARES
  • जेठ ११, २०८२ शनिबार
    नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा क्रांदिप सामुदायिक होमस्टेको अवलोकन:संस्थागत विकासमा टेवा पुग्ने विश्वास
    images

     देवघाट ।

    नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा तनहुँको देवघाट गाउँपालिका वडा नं.२ स्थित क्रांदिप सामुदायिक होमस्टेको अवलोकन गरेको छ । होमस्टेको अवलोकनबाट संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिनुभयो।

    साथै होमस्टे अवलोकनबाट मगर समुदायको भाषा,संस्कृतीको थप जानकारी प्राप्त भएको बताउदै,संरक्षण र जगेर्ना गर्न नेपाल मगर साँस्कृतिक संघ निरन्तर अगाडी बढ्ने समेत बताउनुभयो। अध्यन-अवलोकनसँगै नयाँ ठाउँको अवलोकन गर्नको लागि पनि यसपटक क्रांदिप आइपुगेको उहाँले बताउनुभयो।

    मगर समुदायको बसोबास रहेको गाउँमा धेरै मगर जातिको रहनसहनको अनुभव गर्न पाएको समेत बताउनुभयो । ‘यसरी नयाँ ठाउँको अवलोकन गर्दा संस्थागत विकासमा टेवा पुग्ने रहेछ,’ उहाँले भने, ‘त्यसकारण हामीले आन्तरिक स्रोत जुटाएरै भए पनि केही न केही उद्देश्य लिएर नयाँनयाँ ठाउँ घुम्ने र अनुभव बटुल्ने काम गर्दै आएका छौँ ।’

    कार्यक्रम नेपाल मगर संघ केन्द्रिय सदस्य काशीमाया रानामगर,नेपाल मगर महिला संघ केन्द्रिय उपाध्यक्ष देवी थापामगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष लालबहादुर रानामगर,सचीव बिष्णु आलेमगर लगायतको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend