मकैमा अमेरिकन फौजी कीराको संक्रमण

images
  • 202
    SHARES
  • जेठ १२, २०८२ आइतबार
    मकैमा अमेरिकन फौजी कीराको संक्रमण
    images

    चितवन ।

    जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको संक्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार/पाँच जना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

    कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उनले भनिन्, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो ।” मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उनले बताइन् ।

    जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । “यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकै खेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो”, चौहानले भनिन्, “जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।” धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकै खेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन्

    अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिइन्। उनका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्‍याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend