सुनको भाउ आज ७ सय रुपैयाँले घट्यो

images
  • 181
    SHARES
  • जेठ १३, २०८२ सोमबार
    सुनको भाउ आज ७ सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । सुनको भाउ सात सय रुपैयाँले घटेर आज तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुन तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ शुक्रवार, हिजो र आज तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend