त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ ले स्वास्थ्य बीमा कार्यक्रम स्थगित

images
  • 270
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ ले स्वास्थ्य बीमा कार्यक्रम स्थगित
    images

    काठमाण्डौ –

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ ले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले आज सूचना निकालेर यसबारेमा जानकारी दिएको हो । 

    teaching-hospital_3xHkFLvyVR.jpg

    स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ । 

    ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ । 

    अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend