वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जना पक्राउ

images
  • 298
    SHARES
  • जेठ १३, २०८२ सोमबार
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जना पक्राउ
    images

    काठमाडौं

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूरोपियन देश लाटभिया र मध्यपूर्वको मुलुक यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्तकुमार चेम्जोङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शन्त कुमारलाई काठमाडौं महानगरपालिका-११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका-११ बाट शुक्रबार पक्राउ गरेको हो । 

     

     

     

     

     

     

    शन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend