जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

images
  • 361
    SHARES
  • जेठ १४, २०८२ मंगलबार
    जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
    images

    बाजुरा –

    बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

    दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भएका नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै दुर्घटनामा घाइते भएका दुई जनाको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend