राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग

images
  • 151
    SHARES
  • जेठ १५, २०८२ बुधबार
    राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
    images

    काठमाडौं।

    राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ । आकस्मिक समयमा सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend