पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा देवघाट गाउँपालिका

images
  • 61
    SHARES
  • जेठ १५, २०८२ बुधबार
    पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा देवघाट गाउँपालिका
    images

    देवघाट:

    तनहुँको देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पालिका खोप समन्वय समितीको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।500374994_1283643750434130_5065014286888249364_n.jpg

    ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि देवघाट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताउनुभयो ।501979664_1283643753767463_6375620167158804198_n.jpg

    स्वास्थ्यकर्मिहरुले देवघाट गाउँपालिकाको ४ हजार २३९ घरधुरीमा गरेको सर्वेक्षणले देखाएको तथ्यांक अनुसार उक्त पालिकाका सबै वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरे पछि उक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले स्वस्थ नागरिक बन्नको लागि सरकारले ९ वटा प्रकारको खोप उपलब्ध गराएको र जसको कारण पछिल्लो समयमा बालबालिकाहरुको मृत्युदर कम भएको वाग्लेले बताए ।501943569_1283643747100797_7683391604713930753_n.jpg

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले खोप अभियान सफल बनाउनुपर्ने भन्दै खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा स्वास्थ्यकर्मीहरु यस बारेमा गम्भिर बन्नु पर्ने बताउनुभयो ।500521997_1283647220433783_7594842080095123477_n.jpg

    कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य केशव चन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दिवाकर मिश्र, कालिका माविका प्रअ शरदचन्द्र खनाल, देवघाट महिला सन्जालका अध्यक्ष राधा देवी खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend