एमाले अध्यक्ष ओलीसँग गृह र कानुन मन्त्रीको भेट

images
  • 66
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    एमाले अध्यक्ष ओलीसँग गृह र कानुन मन्त्रीको भेट
    images

    काठमाण्डाै –

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्षसँग गृह मन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले भेटवार्ता गर्नुभएको छ । 

    oli_khand_sharma_ZQGQbItfuh.jpg

    भक्तपुरको बालकोटमा रहेकाे अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृह मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने विषयमा सकारात्मक छलफल भएको गृह मन्त्री खाणले बताउनुभएको छ । 

    सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । गृह मन्त्री खाणले त्यस विधेयबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ । उहाँहरूले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसक्नुभएको छ । 

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस भएको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend