प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

images
  • 205
    SHARES
  • जेठ १५, २०८२ बुधबार
    प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित
    images

    काठमाण्डाै –

    विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् । उनीहरूले हिजो पनि बैठक नियमित विषयमा प्रवेश गर्नुअघि नै अवरुद्ध गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend