देवघाट,
तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा विविध कार्यक्रम गरी देवघाट गाउँपालिकाको हाट बजारमा १८ औं गणतन्त्र दिवस मनाएको हो।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापालेगणतन्त्र नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि रहेको बताउनुभयो।गणतन्त्रको संस्थागत विकासका लागि समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध भन्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको दाबी गर्नुभयो।संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले गणतन्त्र अहिले कलिलो नै भएको हुँदा धेरै उपलब्धी प्राप्त गर्न नसकिएको बताउनुभयो। देवघाटमा गणतन्त्र आएपछि धेरै विकास भएको र गणतन्त्रलाई जोगाउने सबै लाग्नुपर्ने बताउदै गणतन्त्रको विकल्प अरु नभएको समेत बताउनुभयो।

सो कार्यक्रम देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर,सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने,देवघाट क्षेत्र विकास साितिका पुर्व अध्यक्ष शिवराज पौडेल,देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वराल, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाका अध्यक्ष सावित्री न्यौपाने,देवघाट गाउपालिका नेकपा ऐमाले अध्यक्ष भिम बहादुर गुरुङ,नेकपा माओवादीका जयकृष्ण सुवेदी,देवघाट रास्वपा संयोजक बैकुण्ठ न्यौपाने, देवघाट वचत सहकारी सस्थाका अध्यक्ष अर्जुन अधिकारी, देवघाट गाउपालिका सामाजिक संयन्त्रका सचिव बल बहादुर क्षेत्री, देउपुर टोलविकासका अध्यक्ष सुकु गुरुङ, क्षेत्री समाजका अध्यक्ष गणेश थापा, नेपाल मगर संघ देवघाट गाउँपालिका अध्यक्ष खड्का बहादुर आले, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, देवघाट गाउँपालिका खेलकुद समितिका अध्यक्ष अमर फेवाली, देवघाट वडा नम्बर ५ का पुर्व वडा सदस्य भोजराज नैनावस्ती, देवघाट तमु समुदायका अध्यक्ष नरबहादुर गुरुङ लगायतले मन्तव्य राखेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य देवघाट गाउँपालिका प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले रख्नु भएको थियो भने। कार्यक्रम सन्चालन कार्यक्रम अधिकृृत कृष्णराज पन्तले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का १० जना जेष्ठ नागरिकलाई सम्मान सहित विभिन्न साँकृतिक नाचगान गरिएको थियो ।



