नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

images
  • 1.1K
    SHARES
  • जेठ १७, २०८२ शुक्रबार
    नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार
    images

    चितवन ।

    चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।

    उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।

    गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend