एम्बुलेन्स र स्कूल भ्यान ठोक्किँदा १ जनाकाे ज्यान गयाे

images
  • 398
    SHARES
  • जेठ २०, २०८२ सोमबार
    एम्बुलेन्स र स्कूल भ्यान ठोक्किँदा १ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै –

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज बिहान एम्बुलेन्स र स्कूल भ्यान ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २ विद्यार्थीसहित ५ जना घाइते भएका छन् ।

    बिरामी बोकेर नारायणगढतर्फ गुडिरहेको एम्बुलेन्स र विपरीत दिशातर्फ गुडिरहेको स्कूल भ्यान दुम्कोली चोकमा ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा स्कूल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको ज्यान गएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend