देवघाट:
देवघाट गाउँपालिकाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत ८० प्रतिशात अनुदान र २० प्रतिशात कृषकहरुको लगानीमा देवघाट २ तालबारी र सिम्लेकका कृषकहरुलाई गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा मौरी सहितको घार वितरण गरेका छन्।
मौरीपालक कृषकहरुलाई आत्मनिर्भर गर्ने र व्यवसायीक रुपमा अगाडी बढाउने उद्देश्य रहेको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताउनु भएको थियो।अध्यक्ष थापाले देवघाट २ वडा विशेष गरेर कृषि पकेट क्षेत्र रहेको हुँदा पनि मौरी पालन व्यवसायबाट कृषकले मनग्ये आमदानी गर्न सकिने समेत बताउनु भएको थियो।
सो मौरी सहितको घार भने देवघाट गाउँपालिकाद्वारा सञ्चालित मेडपाको आर्थिक सहयोगमा यहीँ मिति २०८२ साल जेठ ५ गते देखी ७ गते सम्म सञ्चालन भएको मौरी पालन तालिममा सहभागी वडा नम्बर २ तालबारी र सिम्लेकका २८ जान कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले बिहानी मिडियालाई जानकारी दिनुभयो।
सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर राना,गाउँकार्यपालिका सदस्य हुममाया खान लगायतको उपस्थिति रहेको थियो।



