बिजुलीकाे पाेलले थिचिएर एक जनाकाे ज्यान गयाे

images
  • 314
    SHARES
  • जेठ २२, २०८२ बुधबार
    बिजुलीकाे पाेलले थिचिएर एक जनाकाे ज्यान गयाे
    images

    ललितपुर –

    ललितपुरको ठैवमा बिजुलीकाे पोल सार्ने क्रममा पोलले लागेर एक जनाको ज्यान गएकाे छ ।

    आज गोदावरी नगरपालिका–१४ काे सरस्वतीटार टोलमा बाटो निर्माणका सिलसिलामा डाेजरले पोल अड्याउन नसक्दा त्याे पोलले थिचिएर स्थानीयवासी ५५ वर्षीय रमेश शाहीको ज्यान गको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो ।

    याे घटनापछि आक्रोशित स्थानीयवासीले डाेजरकाे दायाँपट्टीको सिसा फुटाइदिएका छन् । घटनास्थलमा ८०–९० जना स्थानीयवासी जम्मा भएका र घटनालाई शान्त बनाउने प्रयास भइरहेकाे प्रहरी निरीक्षक केसीले बताउनुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend