लगातार तेस्रो दिन पनि घट्यो नेप्से

images
  • 403
    SHARES
  • जेठ २३, २०८२ बिहीबार
    लगातार तेस्रो दिन पनि घट्यो नेप्से
    images

    काठमाडौँ ।

    सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैङ्क सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend