पहिराेले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

images
  • 131
    SHARES
  • जेठ २६, २०८२ आइतबार
    पहिराेले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
    images

    सङ्खुवासभा –

    सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमा स्तम्भ पुरिएको छ ।

    अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमा स्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमा स्तम्भ पुरिएको हो ।

    भोटखोला–१ मा रहेकाे दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमा स्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाढीले ७१ नम्बरको सीमा स्तम्भ पुरिएर हराएको छ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend