काठमाडौ ।
दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एकजना घाइते भएका प्रहरीले जनाएको छ।
शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा बा १६ च ७६५१ बोलेरो गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट ६ जना यात्रु लिएर दोलखाकै झ्याँकुतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।



