रानी सामुदायिक वनद्वारा महिलाहरुको लागी ५ दिने सेनेटरी प्याड बनाउने तालीम

images
  • 405
    SHARES
  • जेठ २६, २०८२ आइतबार
    रानी सामुदायिक वनद्वारा महिलाहरुको लागी ५ दिने सेनेटरी प्याड बनाउने तालीम
    images

    देवघाट,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समुहले उपभोक्त महिलाहरुको लागी ५ दिने सेनेटरी प्याड बनाउने तालीम दिएको छ।

    WhatsApp Image 2025-06-08 at 20.52.02_cf68f84d.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले
    महिला दिदिबहिनीहरुलाई आफैले सेनेटरी प्याड बनाउन सक्ने बन्न आग्रह गर्दै, आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो,प्याडमा खर्च गर्ने पैसा बचत हुने समेत बताउनुभयो।505604740_1293871596078012_1404339516573342934_n.jpg

    सो कार्यक्रममा वनका अध्यक्ष टुकनाथ अधिकारीले उपभोक्ता महिला दिदिबहिनीहरुको लागी सेनेटरी प्याड बनाउने सिप प्रदान गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको बताउनुभयो।

    उक्त कार्यक्रममा सामुदायिक वन महांसघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने,देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त,स्थानिय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्की,देवघाट वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर,तालिमकी प्रशिक्षक सावित्री भण्डारी, मधुवन सामुदायिक वनका उपाध्यक्ष कमला देवकोटा लगायतले सेनेटरी प्याडको बिषयमा मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा रानीवन सामुदायिक वनका सचिव इन्द्रा माया मगरले स्वागत मन्तव्य राखेकी थिइन्।कार्यक्रम रानिवन वनका अनुगमन समितिका सयोंजक भरत आचार्यले सञ्चालन गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend