आज र भोलि गर्मी अझै बढ्ने : यो हप्ताभित्र देशभर मनसुन फैलिने अनुमान

images
  • 262
    SHARES
  • जेठ २७, २०८२ सोमबार
    आज र भोलि गर्मी अझै बढ्ने : यो हप्ताभित्र देशभर मनसुन फैलिने अनुमान
    images

    काठमाण्डौ –

    पानी पर्न कम भएसँगै काठमाण्डौ उपत्यकासहित देशैभर गर्मी बढेको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    यस्तै काठमाण्डौको तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन । गएको १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको हो । मनसुन भित्रिएसँगै ठूलो पानी परे पनि त्यसपछि पानी नपर्दा तापक्रम बढीरहेको छ । यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने मौसमविद् दाहालले बताउनुभयो ।

    अर्का मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने र बिहीवारदेखि उल्लेख्य वर्षाको सम्भावना छ । पर्सि बुधवारदेखि तापक्रम घट्दै जाने र वर्षा बढ्दै जाने उहाँको भनाइ छ । अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend