बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी शुरु

images
  • 170
    SHARES
  • जेठ २७, २०८२ सोमबार
    बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी शुरु
    images

    पोखरा ।

    पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका ब्यक्तिको गोताखोरद्वारा खोजी शुरु भएको छ ।

    जेठ २५ गते सांझ  कास्की जिल्लाको पोखरा महानगरपालिका- ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

    श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो  ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend