काठमाण्डाै –
पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।
हिजो बेलुकीपख पोखरा महानगरपालिका वडा नम्बर ३१ माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठको शव भेटिएको हो ।



