मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

images
  • 261
    SHARES
  • आषाढ १, २०८२ आइतबार
    मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
    images

    मोरङ । 

    मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।

    शनिबार राति पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरीलाई लिएर घर फर्कने क्रममा दुर्घटना भएको थियो ।

    दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ ।

    उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend