बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

images
  • 305
    SHARES
  • आषाढ २, २०८२ सोमबार
    बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला
    images

    सुनसरी 

    सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर २ मा रहेको कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनुभयो ।

    आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेका उहाँले बताउनुभयो । कार्कीका अनुसार झन्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती मृत भेटिएकाे हाे । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend