रामेछाप र सिन्धुलीको सीमानामा पर्ने पुछिघाटकाे झोलुङ्गे पुल अस्थायी रूपमा सञ्चालन

images
  • 499
    SHARES
  • आषाढ ६, २०८२ शुक्रबार
    रामेछाप र सिन्धुलीको सीमानामा पर्ने पुछिघाटकाे झोलुङ्गे पुल अस्थायी रूपमा सञ्चालन
    images

    रामेछाप –

    गएको वर्षकाे असोज १०, ११ र १२ गतेको बाढीले क्षति पुर्‍याएकाे रामेछाप र सिन्धुलीको सिमानामा पर्ने पुछिघाटको झोलुङ्गे पुल मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

    सुनकोशीको बाढीले रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने १ सय ८० मिटर लामो झोलुङ्गे पुलको रामेछापतर्फको झन्डै ३० मिटर भागमा क्षति पुर्‍याएको थियो ।

    पुलमा क्षति हुँदा रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका नागरिक प्रत्यक्ष प्रभावित भएका थिए । नदी वारपार गर्न पुलको लठ्ठा समातेर जोखिम मोल्नुपर्ने अवस्था थियो ।

    यो पुल तरेर रामेछापको खाँडादेवीबाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको विद्यालयमा विद्यार्थी जानुपर्ने बाध्यता छ । अरू स्थानीय बासिन्दा र किसानले पनि दैनिक वारपार गर्नुपर्ने खाँडादेवी गाउँपालिका–४ पुछिघाटका हर्के माझीले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend