मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

images
  • 381
    SHARES
  • आषाढ ८, २०८२ आइतबार
    मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
    images

    सप्तरी।

    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडक खण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।​​

    कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका– ११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका– १ बैरवा बस्ने ३४ वर्षीय ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।

    मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्यूरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुवास महतो घाइते भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend