कस्तो छ आजको मौसम पूर्वानुमान ?

images
  • 151
    SHARES
  • आषाढ १०, २०८२ मंगलबार
    कस्तो छ आजको मौसम पूर्वानुमान ?
    images

    काठमाण्डौ –

    गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बेलुकी अबेर झापा र पाँचथरमा बाढी आउनेगरी पानी परेको थियो । त्यसपछि कतै पनि ठूलो पानी नपरेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । देशभर मनसुन सक्रिय रहेकोेले कुनै ठाउँमा छोटो समयमा पनि धेरै पानी पर्ने सम्भावना हुने भएकाले सचेत भइरहन मौसमविदको आग्रह छ ।

    मौसमविदका अनुसार केही दिनसम्म छिनछिनमा पानी परिरहने भएकोले धान रोपाईंका लागि उपयुक्त मौसम हुनेछ । यसैबीच वर्षाका कारण आएको पहिरोले डोल्पामा भेरी करिडोर, जाजरकोटमा चंखिला सडकखण्ड र नवलपरासीको विनयी त्रिवेणीमा पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend