रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु: प्रचण्ड

images
  • 159
    SHARES
  • आषाढ १०, २०८२ मंगलबार
    रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु: प्रचण्ड
    images

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् ।

    माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय नहोस् भनेर आफू अझै लागिरहेको बताए ।

    समितिमा रास्वपाको असहमतिबारे उनले भने, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।’ उनले माधव नेपालसँग समाजवादी मोर्चा र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको बताए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend