आजको मौसम पूर्वानुमान

images
  • 119
    SHARES
  • आषाढ ११, २०८२ बुधबार
    आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

    गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend