देवघाटको बजेट करिब पौने ४८ करोड 

images
  • 418
    SHARES
  • आषाढ ११, २०८२ बुधबार
    देवघाटको बजेट करिब पौने ४८ करोड 
    images

     

    देवघाट ।

    आर्थिक वर्ष २०८२÷८३ को लागि देवघाट गाउँपालिकाले करिब पौने ४८ करोड रुपैयाँको बजेट ल्याएको छ । मङ्गलबार उपाध्यक्ष भुवनसिं गुुरूङले प्रस्तुुत गरेको बजेटअनुुसार ४७ करोड ७३ लाख ७५ हजार रुपैयाँ बजेट आएको हो । त्यसमध्ये पनि सबैभन्दा धेरै पूर्वाधार विकासतर्फ विनियोजित भएको छ । पूर्वाधार विकासतर्फ मात्रै ९ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको510410056_700485219284762_1297732258061994171_n.jpg गाउँपालिकाका उपाध्यक्ष गुुरूङले जानकारी दिए । 

    पूर्वाधार विकासतर्फ पनि वडा नं–३ मा दगरा जाने ङाल्दी खोलामा कल्भर्ट पुल निर्माण, वडा नं.५ को झारखानीमा लिफ्टिङ खानेपानी आयोजना र पर्यटन मार्ग कालोपत्रे, वडा नं.१ को गोपीटारमा लिफ्टिङ सिंचाई आयोजना, वडा नं–२ को बञ्चरेभीरको बाटो स्तरोन्नती तथा नरम बेसारघारी खानेपानी आयोजनालगायतका विषय प्राथमिकतामा परेका छन् । अधिकांश वडा ग्रामीण क्षेत्र भएको हुँदा ग्रामीण भेगको आवश्यकता र चाहनाअनुसार यस वर्षको बजेटले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । 

    सुशासन तथा संस्थागत विकासतर्फ पनि ९ करोड ७७ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । यस्तै सामाजिक विकासतर्फ दुुई करोड ७७ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ ८५ लाख ८० हजार र वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ भने २५ लाख रुपैयाँ छुट्याइएको छ । 

    विनियोजित उक्त बजेटमध्ये संघ र प्रदेशबाट ससर्ततर्फ ४७ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । पाँच वटा वडा रहेको देवघाट गाउँपालिकाले कूल बजेटमध्ये चालूतर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजिगततर्फ ९ करोड ९१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend