धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल कब्जा गरे

images
  • 79
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल  कब्जा गरे
    images

    काठमाण्डाै 

    धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन् ।

    dhading_mal_qnazvO0uCt.jpg

    भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् ।

    स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको खानीखोला इलाका प्रहरी कार्यालय खानीखोलाका  प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । मल काठमाण्डौतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका हुन् ।

    सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसान हैरान भएका थिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend