चितवन, असार १५
चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो ।
भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर २४ मा धान रोप्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।



