यू-१६ इस्ट जोन कप: नेपालले आज भुटानसँग खेल्दै

images
  • 146
    SHARES
  • आषाढ १७, २०८२ मंगलबार
    यू-१६ इस्ट जोन कप: नेपालले आज भुटानसँग खेल्दै
    images

    काठमाडौँ

    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। खेल मलेशियाको सेलांगोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे शुरु हुनेछ।

    अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित दोस्रो स्थानमा रहेको सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।

    आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई छ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend