काठमाण्डौको दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको ज्यान गयो

images
  • 110
    SHARES
  • आषाढ १७, २०८२ मंगलबार
    काठमाण्डौको दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको ज्यान गयो
    images

    काठमाण्डाै 

    काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिनुभयो ।

    हिजो बेलुका ५ बजेको समयमा दरबारमार्गमा रहेको हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको नाै तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन् ।

    लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा उपचारका क्रममा दुवैजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend