हिजो बेलुकादेखि अवरुद्ध राप्ती राजमार्ग पहिरो हटाएपछि खुल्यो

images
  • 251
    SHARES
  • आषाढ १७, २०८२ मंगलबार
    हिजो बेलुकादेखि अवरुद्ध राप्ती राजमार्ग पहिरो हटाएपछि खुल्यो
    images

    दाङ 

    पहिरो हटाएपछि राप्ती राजमार्ग खुलेको छ । हिजो बेलुकादेखि अवरुद्ध राप्ती राजमार्ग अन्तर्गत पर्ने दाङ–सल्यान सडक पहिरो हटाएपछि आज बिहानदेखि खुलेको हो ।

    सडक खुलेसँगै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । राप्ती राजमार्ग अन्तर्गत सल्यान र दाङको सिमाना नजिकै सल्यानको कपुरकोट गाउँपालिका–३ मा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

    पानी पर्दा दाङ–सल्यान सडक खण्डको यात्रा कष्टकर हुने गरेको छ ।

     

    अन्तिम अपडेट: असार १७, २०८२

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend