आकर्षक तलबको प्रलोभनमा परी अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

images
  • 339
    SHARES
  • आषाढ १७, २०८२ मंगलबार
    आकर्षक तलबको प्रलोभनमा परी अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
    images

    काठमाण्डाै 

    आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाण्डौको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् । रञ्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनलाई काठमाण्डौ महानगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend