शेयर बजार लगातार पाँचौ दिन पनि बढ्यो

images
  • 158
    SHARES
  • आषाढ १९, २०८२ बिहीबार
    शेयर बजार लगातार पाँचौ दिन पनि बढ्यो
    images

    काठमाण्डौ 

    शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।

    आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढे पनि सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । आज कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । हिजो नौ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय ११ वटा कम्पनीका दुई करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend