एएफसी महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो

images
  • 344
    SHARES
  • आषाढ २३, २०८२ सोमबार
    एएफसी महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो
    images

    काठमाण्डौ 

    एएफसी महिला एशियन कप छनोट सन् २०२६ को छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

    महिला टोलीलाई एन्फाका पदाधिकारीहरुले स्वागत गरेका छन् । अस्ति भएको फाइनल खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ गालले पराजित भएपछि नेपाली महिला टोलीको २६ वर्षपछि एशियन कपमा पुग्न लक्ष्य असफल भयो ।

    उज्बेकिस्तानले समूह चरणका सबै खेलमा विजयी हुँदै २२ वर्षपछि एशियन कपमा स्थान बनायो । नेपालले भने एशियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीङ्कालाई ८–० गोलले हराएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend