काठमाडौँ, असार २३
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।
ऐन प्रारम्भ भएपछि पाँच देखि १० वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउँदै क्रान्तिकारीले निजी गुठीका रुपमा सञ्चालित विद्यालय १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । रासस



