जेठ महिनामा गाडी दुर्घटनामा दुई सय १५ जनाको ज्यान गयो

images
  • 229
    SHARES
  • आषाढ २३, २०८२ सोमबार
    जेठ महिनामा गाडी दुर्घटनामा दुई सय १५ जनाको ज्यान गयो
    images

    काठमाण्डाै 

    गएको जेठ महिनामा गाडी दुर्घटनामा परेर दुई सय १५ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार चार सय १६ वटा गाडी दुर्घटना हुँदा दुई सय १५ जनाको ज्यान गएको हो ।

    release_zLmNBjeiOL.jpg

    ज्यान गुमाउनेमा एक सय ६७ पुरुष, ३३ महिला, नौ बालक र ६ बालिका छन् । जेठमा गाडी दुर्घटनामा ५ सय ८० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ६ सय ६० जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

    जेठ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ५७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय १०, बस एक सय ९९, टेम्पो २ सय २९ वटा दुर्घटनामा परेका छन् । तीन सय दुई वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

    दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा धेरै दुई सय ८९ वटा गाडी दुर्घटना भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ६ सय ६३ वटा गाडी दुर्घटना भएका छन् ।

    गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीले जेठ महिनामा १ लाख ११ हजार एक सय ९२ जना चालकलाई कारबाही गरेर ९ करोड ४१ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend